साउन १, २०७८ शुक्रबार

नेपाल टेलिकमकाे सर्भरमा ह्याकरको आक्रमणबाट डाटा रेकर्ड चोरी भएको भन्दै प्रकाशित समाचारमाथि खण्डन गर्दै नेपाल टेलिकमले कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेकाे  छ ।

बिहीबार विज्ञप्ति जारी गरी टेलिकमले असार २७ गते विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि डाटा सुरक्षासम्बन्धी गम्भीरता मनन गरी शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानबिन शुरु गरेको जनाएको छ ।

कम्पनीका सम्बन्धित विज्ञहरूबाट विस्तृत छानबिनपछि कम्पनीको कुनै पनि डाटा चोरी नभएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्र अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरू सुरक्षित राख्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।