साउन ३, २०७८ आइतबार

मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यसैगरी, महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।