फागुन २०, २०७७ बिहिबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । बिहिवार बिहान सम्पन्न भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा दुबई टोलिले केहि राम्रा अवसर सिर्जना गरेता पनि गोल भने गर्न सकेनन् । दुबै टोलिले १-१ अंक बाड्नु परेको हो ।

उक्त बराबरीसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ । हाल दोस्रो स्थानको युनाइटेडले २७ खेलमा ५१ अंक जोडेको छ ।
सिटीको ६५ अंक रहेको छ । यता क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

त्यस्तै प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले बर्नलीसँग १-१ गोलको बराबरी खेलेको छ । र सेफिल्ड युनाईटेडले एस्टन भिल्लालाई १-० ले हराएको छ ।