जेठ २९, २०८१ मंगलबार

काठमाडौँ, २९ जेठः आईसीसी टी-२० विश्वकप अन्तर्गत मंगलबार पाकिस्तान र क्यानडाले प्रतिस्पर्धा गर्दैैछन् । समूह ‘ए’को यो खेल मंगलबार राति नेपाली समय अनुसार ८ः१५ बजे न्युयोर्क मैदानमा सुरु हुनेछ । दुई खेल खेलिसकेको टेस्ट राष्ट्र एवम् विश्वकपको एक पटकको विजेता पाकिस्तान यो विश्वकपमा जितबिहीन छ । क्यानडाले भने दुई अंक जोडिसकेको छ ।

पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भयो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्यान्डमाथि १२ रनको जित निकालेको हो ।

समूह ‘ए’मा भारत, अमेरिका, क्यानडा, पाकिस्तान र आयरल्यान्ड छन् । भारत चार अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक रहेको आयोजक अमेरिका दोस्रो स्थानमा छ भने दुई अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ । यो समूहमा रहेका पाकिस्तान र आयरल्यान्डले अंक जोड्न सकेका छैनन् ।