संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा (युन) धेरै सुरक्षाकर्मी सहभागिता भएको मुलुकमध्ये नेपाल दोस्रो स्थानमा पुगेको छ । नेपाली सेनाका अनुसार गत अप्रिलसम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौजी सहभागी रहेका छन् । जसमध्ये २ सय ९४ जना महिला छन् ।
शान्ति मिसनमा सबैभन्दा धेरैे सुरक्षाकर्मी बंगलादेशका छन् । दोस्रामा नेपाल, तेस्रामा भारत र चौँथामा इथियोपियाका फौज शान्ति मिसनमा खटिएका छन् । संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिसनमा नेपाली फौज खटिएका छन् । नेपाल यसअघि इथियोपियाभन्दा एक स्थान तल थियो ।