साउन ५, २०७८ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ । गत सोमबारको तुलनामा थप ४०० रुपैयाँले मूल्य बढ्दै मङ्गलबार सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो । 

यता तेजाबी सुनको मूल्यसमेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबारसमेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।