साउन ५, २०७८ मंगलबार

नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले आइटी आर्मी नामको संगठन गठन गरेका छन्। एक सय ५१ सदस्यीय सो संगठनले आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरू निगरानी गर्ने साहले बताएका छन्।

आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ । एमाले पार्टीलाई थप गति प्रदान गर्न यो संगठन बनाइएको उनले दाबी गरे। यसअघि एमालेमा युथ फोर्स र साइबर सेनाहरू पनि सक्रिय छन्।