प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय हिन्दु धर्मगुरुबीच भेटघाट भएको छ । भारतीय जनता पार्टीसँग निकट रहेको बताइने जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) ले देउवालाई भेटेका हुन् ।
बुधबार अपरान्ह हिन्दु धर्मगुरु बालुवाटारमा देउवालाई भेट्न पुग्दा देउवाले उनको स्वागत गर्दै आशीर्वाद ग्रहण गरेको बालुवाटार स्रोतले जनाएको छ । सो क्रममा उनले दुई देशको सम्बन्ध पनि प्रगाढ बन्ने बताएका थिए ।
तीन दिनअघि नेपालको धार्मिक भ्रमणमा आएका उनले पशुपतिमा विशेष पूजाआजा गरेर देउवालाई भेटेका थिए ।