फागुन २०, २०७७ बिहिबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फुलहमको सामना गर्दैछ । 

नेपाली समय अनुसार आज राति ११:४५ बजेबाट सुरु हुने खेल फुलहमको घरेलु मैदानमा हुनेछ । 

जारी सिजन अंक तालिकाको ८औं स्थानमा रहेको टोटनह्याम घरेलु टोली फुलह्यामाथि सहज जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनमा रहेको छ । टोटनह्यामले जारी सिजन कुल २५ खेलबाट ३९ अंक बनाएको छ । जसमा ११ जित , ६ बराबरी र ८ खेलमा पराजित भएको छ । 

त्यस्तै यता फुलहमको भने २६ खेलबाट २३ अंकसहित तालिकाको पुछार भन्दामाथि तेस्रो स्थानमा रहेको छ । जसमा ४ खेलमा जित, ११ खेलमा बराबरी र समान ११ खेलमा पराजित भएको छ ।