साउन ८, २०७८ शुक्रबार

मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले उच्च सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ । 

महाशाखाले आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । यसैगरी, शुक्रबार दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, राति सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।