साउन ८, २०७८ शुक्रबार

टोकियो ओलम्पिकको उद्घाटन आज हुँदै छ । गत वर्ष कोरोनाका कारण स्थगित गरिएको ओलम्पिक खेल फेरि यसपटक सुरु गरिएको हो । 

नेपाली समयअनुसार साँझ ४ बजेर ४५ मिनेट जाँदा ओलम्पिकको उद्घाटन समारोह सुरु हुने छ । ओलम्पिकमा ३३ खेलका फरक ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुँदै छ । यी इभेन्ट्समा झन्डै ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । 

ओलम्पिकमा कुन् कुन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ?

ओलम्पिकमा जुडोमा सोनिया भट्ट, सुटिङमा कल्पना परियार, पौडीमा एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्समा सरस्वती चौधरीले नेपालको चुनौती पेश गर्दैछन्  ।

ओलम्पिक आयोजना स्थल टोकियोमा अहिले संकटकाल घोषणा गरिएको छ र घरेलु दर्शकले ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउने छैनन् । अर्थात्, दर्शकविना नै ओलम्पिक आयोजना हुँदै छ ।