लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजई समावेश विद्यालय पाठ्यक्रम बरामद गरिएको छ।
पञ्जाब करिकुलम एण्ड टेक्स्ट्बुक बोर्ड (पीसीटीबी) ले मलाला समावेश गरिएको कक्षा ७ को सामाजिक शिक्षा पाठ्यक्रम नियन्त्रणमा लिएको हो । सन् १९६५ का युद्ध नायक मज अजिज भट्टी शाहिद जस्ता महान् व्यक्तित्वसँगै मलालाको नाम समावेश भएको प्रति घोर आपत्ती जनाउँदै पीसीटीबीले पाठ्यक्रम बरामद गरेको हो ।
पाठ्यक्रमको पृष्ठ ३३ मा महान व्यक्तित्वहरू क्वाइद इ अजम मुहम्मद अलि जिन्हा, राष्ट्रिय कवि अल्लामा इकबाल, सर सइद एहमद खान, लियाकत अलि खान, परोपकारी व्याक्ति अब्दुल सक्त इधी, बेगम राना लियाकत अलि खान, निसान इ हैदर, युद्ध नायक मज अजिज भट्टी शहिद र नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजई को तस्बिर समावेश गरिएको थियो ।
पीसीटीबी, प्रहरीलगायत निकायले विभिन्न शैक्षिक संस्थान र पुस्तक पसलहरूबाट उक्त पाठ्यक्रम बरामद गर्न निर्देशन दिएको छ । युद्ध नायक अजिज भट्टी जस्ता महान् व्यक्तित्वसँग मलालाको नाम समावेशप्रति उनीहरूले घोर आपत्ती जनाएका हुन् । महिला शिक्षा तथा बालबालिका अधिकारकर्मी मलाला सबैभन्दा सानो उमेरमा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित व्यक्ति हुन् ।