साउन ८, २०७८ शुक्रबार

काठमाडौं । नेपालीको घरेलु फुटबल प्रतियोगिताको शीर्ष डिभिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी असोज पहिलो साताबाट आयोजना हुँदै छ । 

‘ए’ डिभिजन लिग १४ मध्ये चार क्लबले मङ्गलबार लिग रोक्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई ज्ञापनपत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्ने आशङ्कामा देखिएको छ ।

ललितपुरका चार क्लबले कोरोना महामारीको विसम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मङ्गलबार एन्फाका महासचिव ईन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाएका थिए । सोही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग हुने बताएका छन् ।

शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापनपत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमा नै लिग हुने बताए ।  ‘ए’ डिभिजन लिग २०२१ असोज ३ गते देखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै जारी गरेको छ ।