साउन ८, २०७८ शुक्रबार

तालिबानले अफगानिस्तानमा अमेरिकी सेनाका लागि अनुवादकको काम गर्ने एक जना अफगानको टाउको छिनेर हत्या गरेको छ । सोहैल पार्दिसलाई गत मई १२ मा तालिबानले राजधानी काबुलबाट खोस्त प्रान्त जाने बेला गाडीबाट ओरालेर हत्या गरेको सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकी सेनाका लागि हजारौं अफगानले अनुवादकको काम गरेका हुन् । तालिबानले अमेरिकी सेनाका लागि काम गर्ने अफगानलाई लक्षित गरेको सीएनएनले जनाएको छ । हत्या हुनु केहीदिनअघिमात्रै सोहैलले आफन्तलाई आफूलाई हत्या गर्ने धम्की आएको बताएका थिए । अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी सेनाको बसाइका क्रममा सोहैलले १६ महिनासम्म अनुवादकको काम गरेका थिए । तालिबानले आफूलाई अमेरिकीको आँखा भएर जासूसको काम गरेको भन्दै हत्या गर्ने धम्की दिएको सोहैलले अब्दुल्लाह अयौबीले सीएनएनलाई बताएका थिए ।