एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनहमका दक्षिण कोरियाली फरवार्ड सन ह्युङ मिनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सनले शुक्रबार क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । उनी अब टोटेनहममा थप ४ वर्ष बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
नवीकरणसँगै उनी २०२५ सम्म टोटेनहममा रहने छन् । २९ वर्षीय फरवार्ड २०१५ मा जर्मन क्लब बायर लिभरकुसेनबाट टोटेनहम आएका थिए । सनले टोटेनहमका लागि २ सय ८० खेलमा १ सय ७ गोल र ६४ असिस्ट गरेका छन् ।