साउन ९, २०७८ शनिबार

भारतको महाराष्ट्रमा केही दिनयता लगातार मुसलधारे पानी पर्दा आएको बाढी र पहिरामा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय २९ पुगेको छ ।

कयौँ मानिसहरू पहिरामा फसेका छन् । पहिरामा फसिरहेकाहरूको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ । 

रेलवेको पुल डुबेका कारण कम्तीमा ६ हजार मानिस अलपत्र परेको बीबीसीले जनाएको छ । पछिल्लो केही दिनयता महाराष्ट्रको कोकण क्षेत्रमा भारी वर्षा भैरहेको छ । जसका कारण विभिन्न जिल्लामा बाढी र पहिरो जाँदा जनधनको क्षति भएको छ । 

लगातारको पानीका कारण विशेष गरी ६ वटा जिल्लाको जनजीवन बढी प्रभावित भएका छन् ।