मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरूको परीक्षालाई मध्यनजर गरेर यात्राका लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो ।
यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउनसमेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रूपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।