नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन ।
नेपालको तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा भारततर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पूर्वानुमान गरेअनुसार आइतबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।