साउन १०, २०७८ आइतबार

स्थानीय तहमा आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परम्परा हटाउन साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिइएको छ ।
पूर्वप्रशासकहरूले साउन महिनादेखि नै बजेट खर्च गर्ने प्रक्रिया सुरु गर्दा आर्थिक वर्षको अन्त्यमा स्थानीय तहलाई बजेट खर्च गर्ने कार्यभार कम हुने तथा योजना र विकासका कार्यक्रम निर्धारित समयमा सम्पन्न गर्न सकिने सुझाव दिएका छन् ।
स्थानीय तहमा आर्थिक वर्षको प्रारम्भमा नियमित कामबाहेक बजेट खर्च गर्ने प्रक्रिया सुरु नगर्ने र जेठ असारमा बजेट बढी खर्च गर्ने परम्परा रहँदै आएको छ । कतिपय स्थानीय तहमा आर्थिक वर्षको अन्त्यतिर भएका विकासका काम वर्षात्ले बिगार्दा सरकारको लगानी बालुवामा पानी खन्याएझै हुने गरेको जनगुनासो आउने गरेको छ ।