एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति साविक विजेता लिभरपुलले चेल्सीको सामना गर्दैछ ।
नेपाली समयअनुसार राति २ बजेबाट हुने उक्त खेल लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ । आज खेलमा दुवै सहज जित निकाल्दै टोली शीर्ष क्लबसँगको अंक दूरी घटाउने दाउमा हुनेछन् । हाल लिभरपुल छैटौँ तथा चेल्सी पाँचौँ स्थानमा छ ।
जारी सिजन समान २६ खेल खेलेको लिभरपुलको ४३ अंक छ चेल्सीको भने ४४ अंक छ । यता शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ६५ अंक छ ।
आज हुने अन्य खेल
फुलहम भर्सेस टोटनह्याम (११:४५)
वेस्ट ब्रोम भर्सेस एभर्टन (११:४५)