साउन १२, २०७८ मंगलबार

विदेशको ‘डिपोर्टेसन सेन्टर’मार्फत नेपाल फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भएर नेपाल फर्किएका नागरिकका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले त्यस कामका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनका लागि उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गरिने निर्णय गरिएको जानकारी दिनुभयो ।