फागुन २०, २०७७ बिहिबार

मछिन्द्र फुटबल क्लब

काठमाडौं
साविकको सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबका ४ खेलाडीले क्लबसँगको सम्झौता नविकरण गरेका छन् ।

गत सिजनको लिगमा क्लबलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका सफल उपकप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठसहित ४ खेलाडीले मछिन्द्रसँग सम्झौता नवीकरण गरेका हुन् ।

सम्झौता गर्ने अन्य खेलाडीमा मिडफिल्डर विशाल राई, डिफेन्डरहरु देबेन्द्र तामाङ, रजिन धिमाल रहेका छन् । उनीहरुले क्लबसँग एक वर्षको लागि नयाँ सम्झौता गरेका हुन् ।

क्लबले अन्य खेलाडीको बारेमा जानकारी भने केही दिनमा पत्रकार समेलन गरि सार्वजनिक गर्ने समेत जनाएको छ ।