एजेन्सी ।
घरेलु टिम भारतविरुद्धको अन्तिम तथा चौंथो टेस्टको पहिलो दिनमा नै इंग्ल्यान्ड अलआउट भएको छ ।अहमदबादमा बिहीबार इंग्ल्यान्ड पहिलो दिनमा नै २ सय ५ रन जोड्दा अलआउट भएको हो ।
पहिलो इनिङ्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।डान लरेन्सले ४६ रन जोड्दा ओली पोपले २९ रन बनाए । जोनी बेयर्स्टोले २८ रन बनाए ।भारतका अक्सर पटेलले ४ विकेट लिए । यस्तै रभिचन्द्र आश्विनले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
विश्व टेस्ट च्याम्पियनसिपको महत्पुर्ण मानिएको यस खेल को दोस्रो पारीको आजै सुरु गरेको घरेलु टोलीले सस्तै मा विकेट गुमाईसकेको छ ।
अन्तर्गत रहेको ४ खेलको सिरिजमा भारत २(१ ले अघि रहेको छ ।