साउन १२, २०७८ मंगलबार

जापानकी सुपरस्टार नाओमी ओशाका जारी टोकियो ओलम्पिकको टेनिसको महिला एकल स्पर्धाको तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

२३ वर्षकी ओशाका चेक गणतन्त्रकी मार्केता भोन्ड्रोउसोभासँग सीधा सेटमा पराजित भएकी हुन्।

चारपटककी ग्राण्डसलाम च्याम्पियन ओशाका भोन्ड्रोउसोभासँग ६–१ र ६–४ को सेटमा पराजित भएकी हुन्।