फागुन २०, २०७७ बिहिबार

तस्बिर - क्यान

काठमाडौं : आगामी शनिबार अर्थात् २२ गतेबाट सुरु हुने काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता प्रत्यक्ष प्रसारण हुने भएको छ । 

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान ) र डिस मिडिया नेटवर्कसँग सम्झौता भएको हो ।

काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा हुन् लागेको उक्त प्रतियोगितामा प्रधानमन्त्री कपमा सेमिफाइनलमा पुगेका विभागीय टोली त्रिभुवन आर्मी , शस्त्र प्रहरी बलको एपीएफ, नेपाली पुलिस र बागमती प्रदेशसँगै महानगरको टोली काठमाडौं मेयर -११ ले सहभागि जनाउँदै छन् । 

यस प्रतियोगिताको पहिलो दिन टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबले एपीएफको सामना गर्दा सोही दिन मूलपानी क्रिकेट मैदानमा बागमतीले पुलिसको सामना गर्नेछ । यस प्रतियोगिता आगामी फागुन २९ सम्म चल्नेछ ।