एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान तथा विश्वचर्चित क्रिकेटर शाहिद आफ्रिदीले एभेरष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
उनले काठमाडौं किंग्स( ११ बाट (ईपीएल) खेल्ने भएका हुन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौं ११ ले आफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याउन लागेको हो ।
अलराउण्डर आफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलिसकेका छन् । उनले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका थिए ।
चौथो संस्करणको (ईपीएल) आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुनेछ । यस संस्करणमा काठमाडौंसहित ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।