टोकियो ओलम्पिकअन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंह बुधबार(आज) प्रतिस्पर्धा गर्दै छिन् । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ।
यो स्पर्धामा हिट १ मा गौरिकी परेकी छिन् । यो हिटमा उनीसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् ।
५२ खेलाडी सहभागी हिट चरणबाट उत्कृष्ट समय निकाल्ने १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन्। १३ औँ दक्षिण एसियाली खेलकुद(साग) मा उनले नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् ।