साउन १३, २०७८ बुधबार

श्रीलंकामा अहिलेसम्मकै ठूलो नीलम (बहुमूल्य रत्न) को ढिक्का फेला परेको छ।

नीलमको तौल ५१० किलोग्राम रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

रत्न व्यापार गर्ने एक व्यक्तिले सो नीलम आफ्नो आँगनमा फेला परेको दाबी गरेका छन्। इनार खन्दै गर्दा मजदुरहरूले सो रत्न फेला पारेको उनले बताएका हुन्। 

श्रीलंकाको रत्नपुरा इलाकामा सो नीलम फेला परेको हो। ठाउँको नाम झैँ यो क्षेत्रमा निकै मात्रामा नीलम लगायत बहुमूल्य रत्न पाइन्छ।

अन्तरराष्ट्रिय बजारमा धमिलो रङको यो नीलमको मूल्य करिब १०० मिलियन डलर (झण्डै १२ अर्ब रुपैयाँ) पर्ने आंकलन गरिएको छ।

नीलमको नाम सेरेन्डिपिटी सफायरु दिइएको छ। यसको अर्थ भाग्यले मिलेको नीलम हुन्छ।