काठमाण्डौ : हरेक खेलमा खेलाडीको जती भुमिका रहन्छ उसलाई जीतको हौसला वृद्धि गराउने प्रशिक्षकको त्यति नै ठुलो भुमिका रहन्छ। २०२१ को संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)का लागि विभिन्न ८ फ्रेन्चाईजि टिमका मुख्य प्रशिक्षकहरु यसप्रकारका रहने छन् :
१)मुम्बई ईण्डियन्स
साबिक बिजेता रहेको मुम्बईमा यस संस्करणमा पनि श्रीलकांका पुर्व कप्तान माहेला जयवर्द्धने नै मुख्य प्रशिक्षकका रुपमा रहने छन्। २०१७ को सिजनबाट मुम्बईसॅंग जोडिएका जयवर्द्धनेको साथमा मुम्बईले ३ आईपिएल ट्रफि आफ्नो नाम गरिसकेको छ।
२)दिल्ली क्यापिटल्स
दिल्लिलाई ऐतिहासिक सफलता दिलाएका रिक्की पोटिंङ अस्ट्रेलियाली पुर्व कप्तान हुन्। अस्ट्रेलियाका सफल कप्तानमा पर्ने पोन्टिङ यस संस्करण पनि टिमका मुख्य प्रशिक्षकका रुपमा कायम नै रहने छन्।
३)रोयल च्यालेन्जर्स बैंग्लोर
अस्ट्रेलिया पुर्व ओपनर सिमोन काचिट आरसिबिका मुख्य प्रशिक्षक का रुपमा रहेका छन्।
४)सनराईजर्स हैदराबाद
इंग्ल्याण्डलाई २०१९ को विश्वकप जिताउन सफल ट्रिभोर बाईलिस हैदराबादमा मुख्य प्रशिक्षकका रुपमा यस संस्करणमा रहने छन्। २०१२ र २०१४ को सिजन कलकत्ता नाईट राईडर्सलाई आईपिएल ट्रफि उचाल्न सक्षम बनाएका बाईलिसले यस संस्करणमा हैदराबादमा मुख्य प्रशिक्षकका रुपमा टिमसॅंग रहने छन्।
५)राजस्तान रोयल्स
अस्ट्रेलियाली पुर्व खेलाडी एन्ड्रुड म्याकडोनाल्ड राजस्तानका मुख्य प्रशिक्षकका रुपमा रहने छन्। २०१८/२०१९ को बिग बास लिगमा मेलवर्न रेनेगट्सलाई च्याम्पियन बनाउदा यिनि नै टिमका मुख्य प्रशिक्षकमा रहेका थिए।
६)कलकत्ता नाईट राईडर्स
न्युजिल्याण्डका पुर्व कप्तान समेत रहेका ब्रेनडम म्याकुलम गत संस्करणबाट कलकत्तामा मुख्य प्रशिक्षकका रुममा जोडिएका हुन्।
७)पन्जाव किंग्स
यस सिजन आफ्नो नाम फेरेको पन्जाव किंग्समा पुर्व भारतिय कप्तान तथा तत्कालिन समयका चर्चित लेग स्पिनर अनिल कुम्ले मुख्य प्रशिक्षकका रुपमा रहेका छन्। उनी मेन्टरका रुपमा यस अघि आरसिबि र मुम्बईमा रहिसकेका छन्।
८)चेन्नाई सुपर किंग्स
न्युजिल्याण्डका पुर्व क्रिकेटर स्टेफन फेल्मिङ टिम चेन्नाईका पहिलो संस्करणमा खेलाडीको रुपमा बिताएकामा उनी लामो समय देखि सोही टोलीका मुख्य प्रशिक्षककारुपमा रहेका छन्।