आज बुधबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मुल्य ३०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।