साउन १३, २०७८ बुधबार

भारतको पूर्वोत्तरमा रहेका राज्यहरू असम र मिजोरमका प्रहरी बलबीच यसै साता भएको गोली हानाहानमा परी मर्ने प्रहरीको सङ्ख्या सात पुगेको छ । यी दुई राज्यको सीमाका विषयमा विवाद छ र त्यसैक्रममा गोली हानाहान भएको हो । 

छैटौं असम प्रहरी बटालियनका श्यामप्रसाद दुसात पेटमा गोली लागेर भएको घाउका कारण सिलचार मेडिकल कलेज हस्पिटलमा बितेको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्वीट लेखेर बताए । सोमवार भएको हिंस्रक भिडन्तमा पाँचजना प्रहरी र एक सर्वसाधारणको मृत्यु भएको थियो । कचारका एसपीसहित ५० अन्य घटनामा घाइते भएका छन् ।