साउन १३, २०७८ बुधबार

नेपालबाट गत आर्थिक वर्ष २०७७÷७८ मा १५ करोड ७६ लाख रुपैयाँको यार्सागुम्बा निकासी भएको छ। भन्सार विभागले दिएको जानकारीअनुसार २६१ किलोग्राम यार्सागुम्बा निकासी भएको हो।

कम्बोडिया, चीन, हङकङ, मलेसिया,ओमान, सिंगापुर, युनाइटेड अरब इमिरेट्स,अमेरिका र भियतनाममा यार्सागुम्बा निकासी भएको छ। जसमध्ये हङकङमा सबैभन्दा बढी सात करोड १९ लाख रुपैयाँको निर्यात भएको छ। यसपछि भियतनामले दुई करोड रुपैयाँ बराबरको यार्सागुम्बा लगेको छ।