साउन १३, २०७८ बुधबार

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ ।

आर्थिक वर्ष २०७७-७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकाले सडक पूर्वाधारतर्फका केही योजनामा काम सम्पन्न नहुँदै भुक्तानी गरेको उजुरीपछि छापा हानिएको बताए । दोधारचाँदनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७-०७८ मा सम्पन्न हुनुपर्ने सडक कालोपत्रेका योजनामा काम नसकिँदै भुक्तानी दिँदै अनियमितता गरेको दाबी गरिएको अख्तियारले जनाएको छ ।