काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औं गृष्मकालीन ओलम्पिक २०२० मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा गौरिकाले १स्००।११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।
त्यस्तै आफ्नो कीर्तिमानी सुधार गरेकी उनले आफू खुशी रहेको बताएकी छिन् । गौरिकाले भनीन्, ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी लागेको छ ।,’ बुधबारको प्रतिस्पर्धामा कीर्तिमान सुधार गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।
टोकियो एक्वाटिक सेन्टरमा भएको महिला १०० मिटर फ्रिस्टाइल प्रतिस्पर्धामा गौरिकाले १ मिनेट ०।११ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
यसक्रममा उनले दक्षिण कोरियामा भएको १८औं फिना विश्व च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ०।।६२ सेकेन्डको रेकर्ड तोडेकी हुन्।