साउन १३, २०७८ बुधबार

१३ साउन एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औं गुष्मकालीन टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलतर्फ दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

आज बुधबार भएको समूह चरणको अन्तिम खेलमा होन्डुरसमाथि ६–० गोलअन्तररको फराकिलो जित निकाल्दै कोरिया अन्तिम आठमा प्रवेश गरेको हो ।

योकोहामा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा कोरियाको जितमा ह्वाङले ह्याट्रिक गोल गरे भने लि, किम र वन्डले १र१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको कोरियाले दोस्रो हाफमा पनि थप ३ गोल गरेको थियो ।