एजेन्सी । जापानको राजधानी टोकियोमा जारी टोकियो ३२औं गृष्मकालीन ओलम्पिक २०२० को पुरुष फुटबलतर्फ स्पेन क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा अर्जेन्टिनासँग बराबरी खेल्दै समूह ‘सी’को स्पेनले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
साइतामा स्टेडियममा स्पेनका लागि मिकेल मेरिनोले गोल गरे भने अर्जेन्टिनाका टोमस बेल्मोन्टेले गोल गरे । खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६६औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा बेल्मोन्टेले गोल गर्दै टोलीलाई बराबरीमा फर्काएपनि अर्जेन्टिना अघिल्लो चरणमा पुग्न सकेन ।