साउन १४, २०७८ बिहिबार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनहमले प्रि–सिजनअन्तर्गत तेस्रो मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डको तेस्रो डिभिजन क्लब एमके डन्समाथि सहज जित निकालेको छ । 

बुधबार राति एमकेको मैदानमा सम्पन्न खेलमा टोटनहमले घरेलु टोलीमाथि ३–१ गोलको सहज जित निकालेको हो । 

टोटनहमको जितमा सन् हिउङ–मिन, डेले अली र लुकास मौराले समान १र१ गोल गरे । यता एमकेका जोन फ्रिम्यानले एक गोल फर्काए । 

टोटनह्यामले प्रिमियर लिगको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । उसले साविक विजेता म्यानचेस्टर सिटीसँग खेल्दै घरेलु लिगको थालनी गर्ने छ ।

त्यसबीचमा टोटनह्यामले अरू चेल्सी र आर्सनलसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।