साउन १४, २०७८ बिहिबार

एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन क्लब एथ्लेटिको मड्रिड प्रि–सिजनअन्तर्गत दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । 

बुधबार राति अस्ट्रियन क्लब आरबी साल्जबर्गसँग एथ्लेटिको १–० गोलले स्तब्ध भएको हो । 

साल्जबर्गको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम आदेयमीले निर्णायक गोल गरे । उनले खेलको ३४औं मिनेटमा गरेको गोल नै साल्जबर्गको जितमा निर्णायक बन्यो । 

साल्जबर्गले अस्ट्रियन बुन्डेसलिगाको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । एथ्लेटिको भने ला लिगाको तयारीमा छ ।