एजेन्सी । स्पेनिस महाराथी रियल मड्रिड डिफेन्डर डेभिड अलाबालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रियलले एक सूचना जारी गर्दै अलाबालाई कोरोना संक्रमण भएको जनाएको छ । प्रशिक्षण अघि पीसीआर परिक्षण गर्दा अष्ट्रियन डिफेन्डरलाई कोरोना देखिएको हो ।
कोरोना भाईरसको संक्रमण देखिएपछि अलाबा सेल्फ आईसोलेसनमा बसेका छन् । साथै उनको स्वास्थ अवस्था सामान्य रहेको छ । गत हप्ता मात्रै फ्रेन्च फरवार्ड करिम बेन्जिमालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।