फागुन २१, २०७७ शुक्रबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले उसैको मैदान एन्फिल्डमा पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा चेल्सीले लिभरपुलमाथि  १-० गोलको जित दर्ता गरेको हो ।

चेल्सीलाई जितमा मासोन माउन्टले निर्णायक गोल गरे । उनले पहिलो हाफको खेलको ४२औँ मिनेटमा गोल गर्दै चेल्सीलाई जिताए ।

उक्त जितसँगै चेल्सी शीर्ष चारमा उक्लिएको छ । कुल २७ खेलबाट ४७ अंक जोडेको छ । समान खेल खेलेको लिभरपुलको ४३ अंक छ । ऊ सातौँ स्थानमा झरेको छ । यता शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ६५ अंक छ ।