साउन १४, २०७८ बिहिबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउने र २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आयोजित सम्मान कार्यक्रममा उनले त्यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन् ।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक भएको उनले बताइन् ।