टोक्यो ओलम्पिकमा सहभागी थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। खेलहरु जारी रहँदा ओलम्पिक भिलेज भित्रका ३ खेलाडीसहित २४ जनामा कोरोना देखिएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले जनाएको छ।
ओलम्पिकमा एकै दिन यति धेरैमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो। खेलाडीसहित एकैदिन १५ जना कन्ट्रयाक्टर र ६ जना खेल सम्बन्धित अफिसियलमा कोरोना पुष्टि भएको हो।
यसअघि २४ जुलाईमा सबैभन्दा धेरै १४ जना कन्ट्रयाक्टरमा कोरोना पुष्टि भएको थियो।
हालसम्म ओलम्पिकमा सहभागी २० खेलाडीसहित १ सय ९३ जनामा कोरोना पुष्टि भैसकेको छ।