साउन १४, २०७८ बिहिबार

देशका विभिन्न स्थानमा नेपाली सेनाले बख्तरबन्द गाडीहरूको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने भएको छ । नेपाली सेनाका सकल दर्जाहरूका सवारी चालकहरूको क्षमता अभिवृद्धि गर्न रोड ड्राइभिङ अभ्यास गर्न लागिएको हो ।

सेनाका अनुसार स्थानीय प्रशासन र नेपाल प्रहरीसँगको समन्वयमा काठमाडौं, सुनसरी र कैलालीमा सैन्य अभ्यास गरिने छ । भदौमा काठमाडौं, साउनमा सुनसरी र कैलालीमा साउन र भदौ महिनामा उक्त अभ्यास गर्नेछन्।