एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियम मड्रिडका राइट ब्याक ड्यानी कार्भाहालले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
आज बिहीबार स्पेनिस डिफेन्डर कार्भाहालले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । अब उनी २०२५ को जुन ३० सम्म रियलमा रहने छन् । कार्भाहाल सन् २०१३ मा जर्मन क्लब बायर लिभरकुसेनबाट रियल आएका थिए ।
उनले रियलबाट ४ च्याम्पियन्स लिग र २ ला लिगा जस्ता ठुला उपाधि जितिसकेका छन् ।