फागुन २१, २०७७ शुक्रबार

एजेन्सी : अस्ट्रेलिया र न्युजिल्याण्ड बिचको ५ टिट्वान्टी अन्तराष्ट्रिय शृखंला अन्तर्गतको चौथो खेल आज हुदैछ।

न्युजिल्याण्डको विलिटंनमा हुने खेल नेपाली समयानुसार बिहान ११:४५ बाट सुरु हुदै छ।

लगातारको हार व्यहोरी गत खेलमा न्युजील्याण्डलाई लज्जास्पद तवरले हराएको पाहुना टोलीलाई शृखंला बराबरी गर्न  आजको खेल जित्नै पर्ने दबाब रहदा घरेलु टोली भने आजको खेलमा जित निकाल्दै शृखंला आफ्नो पक्षमा पार्ने लक्ष्यमा रहेको छ ।

पहिलो खेल न्युजिल्याण्डले ५३ रनले जितेको थियो भने दोस्रो खेलमा घरेलु टोलीले ४ रनको रोमान्चक जित हात पारेको थियो भने गत बुधबार सम्पन्न तेस्रो खेलमा घरेलु टोलीलाई ६४ रनको फराकिलो अन्तरले हराउदै पाहुना टोली शृखंलामा जीवित रहेको थियो  

 न्युजिल्याण्डका पहिलो खेलमा डेभोन कनवेले अविजित ९९ रन बनाएका थिए भने दोस्रो खेलमा मार्टिन गप्टिलले ९७ रनको पारी खेलेका थिए । तेस्रो खेलमा भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले बिस्फोटक इनिङ खेल्दै ३१ बलमा ७० रन बनाएका थिए ।

न्युजिल्याण्डमा पुन: देखिएको कोरोना कहरका कारण आजको खेल दर्शक बिना खेलाईनेछ ।

दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहन सक्छ:
अस्ट्रेलिया
आरोन फिन्च(कप्तान),म्याथ्यु वेड(विकेट किपर),जोस फिलिपे,ग्लेन म्याक्सवेल,मार्कस स्टोइनिस,मिचेल मार्श,राईली मेरिडेज,एस्टन अगर,जाय रिचर्डसन,एडम जाम्पा र केन रिचर्डसन

न्युजिल्याण्ड

मार्टिन गुप्टिल,टिम सेफर्ट(विकेट किपर),केन विलियम्सन(कप्तान),गेन फिलिप्स,डेभोन कोनवे,मिचेल स्यान्टनर,कायल जेमिन्सन,टिम साउदी,ईश सोडी र ट्रेन्ट बोल्ट