साउन १५, २०७८ शुक्रबार

 एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुल प्रि–सिजअन्तर्गत दोस्रो मैत्रीपूर्ण खेलमा जर्मन क्लब हेर्था बर्लिनसँग पराजित भएको छ ।

बिहीबार राति अस्ट्रियामा भएको खेलमा हेर्थासँग लिभरपुल ४–३ गोलले पराजित भएको हो । हेर्थाको जितमा स्टेभन जोभेटिकले २ गोल गरे भने सान्टियागो अस्कासिबर र सुआट सेर्दारले १/१ गोल गरे ।

लिभरपुलका साडियो माने, ताकुमी मिनामिनो र एलेक्स ओक्लाडे–च्याम्बर लेनले समान १/१ गोल गरेका थिए ।

हेर्थाले जर्मन बुन्डेसलिगको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो भने लिभरपुल प्रिमियर लिगको तयारीमा छ ।