साउन १५, २०७८ शुक्रबार

अछाम,१५ साउन । अछाममा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समितिको बैठकले १८ दिन थप गर्दै यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

यसअघि १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। कोरोना भाइरसको जोखिम कायमै रहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए ।