फागुन ३, २०७७ सोमबार


फाल्गुन,०२,धनगढी।
अत्तरिया सिटि क्लवको आयोजनामा क्रीकेट नगरी अत्तरिया क्रीकेट मैदानमा सञ्चालनमा रहेको अत्तरिया सिटि क्लव र कैलाली जिल्ला क्रीकेट क्लवबीचको ३ एकदिवसीय सिरिजको दोश्रो एकदिवसीय खेलमा अत्तरिया सिटि क्लवले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरमा ९ विकेटको क्षति २७१ रन जोड्न सफल भयो।

ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लक्की कडायतले १०५ बलमा सर्वाधिक ८८ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल हुँदा शेर मल्लले ५९ बलमा ७० रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल भए।त्यस्तै,दिनेश ओडले १६ बलमा आक्रामक ३४ रन,दिपक रोकायाले ७ बलमा १२ रन तथा आयुश खड्काले १७ बलमा ११ रन बनाउन सफल भएका हुन।बलिङतर्फ अत्तरिया सिटि क्लवका कैलाश भट्टराईले ८ ओभरमा २८ रन खर्चँदा राकेश महराले ८ ओभरमा ५४ रन खर्चंदै समान ४/४ विकेट लिन सफल भए।
   

 २७२ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको अत्तरिया सिटि क्लवले निर्धारित ४० ओभरको खेलमा ३५.१ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १७७ रन जोड्नसक्यो।ब्याटिङतर्फ अत्तरिया सिटि क्लवका लागि कप्तान योगेश भाटले ३५ बलमा आक्रामक ५४ रनको अर्धशतकिय पारी खेल्न सफल हुँदा खगेन्द्र जोशीले ३२ बलमा ४५ रन बनाएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।त्यस्तै,गणेश साउँदले ३२ बलमा १४ रन तथा सुशील साउँदले १४ बलमा अविजित १२ रन बनाउन सफल भए।बलिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका नागराजसिंह ठकुरी ६ ओभरमा १ मेडेनसहित १७ रन,गोविन्द बिष्ट ६ ओभरमा १ मेडेनसहित ४३ रन,नरेन साउँद ७ ओभरमा १ मेडेनसहित ३४ रन,शेर मल्ल ७ ओभरमा १ मेडेनसहित ४० रन तथा श्यामसुन्दर साउँदले ४.१ ओभरमा २ मेडेनसहित १८ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन्।
   अत्तरिया सिटि क्लवविरुद्धको दोश्रो एकदिवसीय खेल कैलाली जिल्ला क्रीकेट क्लवले ९४ रनले जित्न सफल हुँदै ३ एकदिवसीय खेलको सिरिज १-१ को बराबरी गराउन सफल भएका छन्।उक्त खेलको म्यान अफ दी म्याच कैलाली जिल्ला क्रीकेट क्लवका शेर मल्ल घोषित हुन सफल भएका छन्।
    अत्तरिया सिटि क्लव विरुद्धको तेश्रो तथा अन्तिम एकदिवसीय खेल भोलि बिहान ०९:०० बजे अत्तरिया क्रीकेट मैदानमा सुरु हुने कैलाली जिल्ला क्रीकेट क्लवका कप्तान नरेन साउँदले जानकारी गराउनुभएको छ।