एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्परले कठिन जित निकालेको गरेको छ । बिहीबार राति भएको खेलमा टोटनह्यामले फुलहममाथि १-० गोलको जित निकालेको हो ।
फुलहमको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली टोटनह्याम आत्मघाती गोलमा विजयी भएको हो । पहिलो हाफको खेलको १९औँ मिनेटमा फुलहमका टोसिन अदराबियोले आफ्नै पोस्टमा गोल लगाएपछि टोटनह्यामले जित दर्ता गरेको हो ।
उक्त जितसँगै आठौँ स्थानको टोटनह्यामले २६ खेलमा ४२ अंक जोडेको छ । यता पराजित फुलह्याम भने २३ अंकका साथ १८औँ स्थानमा छ ।