साउन १५, २०७८ शुक्रबार

एजेन्सी । जापानमा जारी ३२औं संस्करणको गृष्मकालीन टोकियो ओलम्पिकमा सर्बियाली नोभाक जोकोभिच पुरुष विधातर्फको सेमिफाइनलबाटै बाहिरिएका छन् । सेमिफाइनलमा जर्मनीका अलेक्जेन्डर जेभ्रेबसँग पराजित भएसँगै एकै वर्षमा चार वटै ग्रान्ड स्लामको उपाधि जितेका जोकोभिच बाहिरिएका हुन् ।

टोक्योस्थित एरिएके टेनिस पार्कमा भएको सेमिफाइनलमा जर्मनीका २४ वर्षीय जेभ्रेब पहिलो सेटमा १–६ ले पछि परेका थिए । तर, दोस्रो र तेस्रो सेट जितेर उनी ओलम्पिक पुरुषको फाइनलमा पुगेका हुन् । 

अब, स्वर्ण पदकका लागि चौथो वरीयताका जेभ्रेबले आइतबार रुसका कारेन खाचानोभको सामना गर्ने छन् । 

यससँगै जोकोभिच एकै वर्षमा चार ग्रान्ड स्लाम र ओलम्पिक स्वर्ण जित्ने पहिलो टेनिस खेलाडीको कीर्तिमान बनाउने होडबाट पनि बाहिरिएका छन् ।